टाइगर कप भलिबल: न्यू डायमण्डलाई हराउँदै एपिएफको ह्याट्रिक
पाेखरा | माघ ६, २०८०
पोखरा: पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।
अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो ।
एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।
महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

